गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

13
SHARES
110
VIEWS

स्याङ्जा -गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमको बिच गल्याङ नगरपालिकाका प्रमुख भुप राज अधिकारी द्वारा भवनको शिलान्यास गरिएको हो। भवनको निर्माण जिम्मेवारी लामा नवकान्तिपुर जेभि निर्माण कम्पनी काठमाडौले लिएको छ। हिजो निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि युवराज अर्याल र गल्याङ नगरपालिका बिच भवन निर्माणको लागि सम्झौतापत्रमा हस्तान्तरण पश्चात् आज बाट निर्माण कार्य सुरु गरिएको हो। गल्याङ नगरपालिकाको वडा नम्बर ३ मा भवन निर्माण आज बाट सुरु गरिएको जानकारी गल्याङ नगरपालिकाका सुचना अधिकारी दशरथ अधिकारीले दिनु भयो। आठ करोड ३७ लाख ९१ हजार छ सय कुल लागतमा निर्माण गर्न लागिएको प्रशासनिक भवन १८ महिना भित्र निर्माण सम्पन्न हुने गल्याङ नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार