नेपालमा थप एक हजार १११ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

76
SHARES
117
VIEWS

भदौ ११ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

गएको २४ घण्टामा थप पोखरा–१२ की एक महिला सहित थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार अनुसार मृत्यु हुनेमा ५ महिला र ३ जना पुरुष रहेका छन् । महिलामा कास्कीकी ३२ वर्षीया, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, , रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् ।
त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

यस्तै आजनै थप १ हजार १११ जनामा कोरोना संक्रमित भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार