सुनको मूल्य बढ्दा, चाँदी घट्यो

19
SHARES
162
VIEWS

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा १ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार