स्याङजाको गल्याङ नगरपालिकाले ६० परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ का विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
वडा नम्बर नौ साङ्लीयाका ६० विपन्न घर परिवारलाई नगरपालिकाबाट राहत स्वरुप चामल वितरण गरिएको छ ।
कार्यक्रममा गल्याङ नगर प्रमुख भुपराज अधिकारीले नगरवासीको आधारभूत आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्व भएको बताउनुभयो ।
उहाँले कोरोना भाइरस कोभिड १९ का कारण स्थानीयको जीवनयापन र समग्र विकास प्रक्रियामा असर परेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका विभिन्न योजना अगाडि सार्दै गर्दा कोरोना कहरले असहज बनाइरहेतापनि अधिकतम प्रयत्न गरिरहेको नगरप्रमुख अधिकारीको भनाइ छ ।
९ नम्बर वडामा विपन्न परिवारको संख्या अत्यधिक रहेको भन्दै नगरप्रमुख अधिकारीले स्वरोजगार र रोजगार बनाउनका लागि पनि आफुले विशेष योजना ल्याएको बताउनुभयो ।
विपन्न तथा गरिबीको चपेटामा परेकाहरुका लागि खाद्य सहयोग देखि घर निर्माणसम्म गरिने उल्लेख गर्दै नगरप्रमुख अधिकारीले विपन्नहरुको वर्गिकरण गरी नगरपालिकाले सहयोग गर्ने योजना ल्याएको स्पष्ट पार्नुभयो ।
Discussion about this post