पाल्पा, चैत २७
नेपाली कांग्रेस पाल्पाको बैठकले पाटीका नेताहरुलाई विभिन्न जिम्मेवारी विभाजन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ अनुसार सभापति हिमाल दत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समिति सहित विभिन्न समिति निर्माण गरेको हो ।
जिल्ला कार्यसम्पादन समिति ३० सदस्यीय निर्माण गरिएको छ ।
यस्तै सभापति श्रेष्ठकै संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञान बहादुर गाहाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति, उपसभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सचिव सुनिता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोष कुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति, कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ ।
नेपाली कांग्रेस पाल्पाले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधान प्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणापत्र तयारी समिति निर्माण गरिएको छ । यस्तै यमलाल तिमिल्सिनालाई अनुगमन समितिको जिम्मेवारी दिइएको छ । कांग्रेस पाल्पाले दुर्गा रायमाझिको संयोजकत्वमा साँस्कृतिक समिति बनाएको छ । यस्तै तरुण दलका अध्यक्ष मेजरसिं केसी लाई युवा परिचालन समितिको जिम्मेवारी दिइएको छ ।
आशन्न निर्वाचन तथा जिल्लाको कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउन जिम्मेवारी बाँडिएको सूचना तथा सञ्चार समितिका संयोजक सन्तोष कुमार थापाले बताउनुभयो । यसैबीच आईतबार सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियन पाल्पासँग स्थानीय निर्वाचन र जिल्लाको सूचना व्यवस्थापनका विषयमा छलफल कार्यक्रम गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै प्रचार प्रसार समितिका संयोजक झपेन्द्र गहिरेले निर्वाचन प्राविधिक विषय भएकोले हरेक विषयलाई गम्भिर रुपमा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा पार्टीका प्रवक्ता शोभाकर न्यौपाने, क्षेत्रीय सभापति झमान राज मगर, नेपाल प्रेस युनियनका सभापति भरत शर्मा तथा केन्द्रीय सदस्य माधव अर्याल सहित अन्य पत्रकार तथा पार्टीका नेताहरुले निर्वाचनलाई व्यवस्थित र मर्यादित तवरबाट अगाडी बढ्ने वातावरण सिर्जना गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउनुभएको थियो ।
Discussion about this post