तीन जिल्लाको संगमस्थल रिडीको तीनमुखे पुल निर्माण अन्तिम चरणमा

39
SHARES
328
VIEWS

सुमन ढकाल,चैत्रः२९ गुल्मी।
गुल्मी स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका-१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।

कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको छ ।

निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरूत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएको हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ ।

आगामी वैशाख महिनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको छ ।पुलको निमार्ण कार्य २०७१ मंसिर १५ गते निर्माण थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार