गुल्मीकोको रुरु क्षेत्र गाउँपालिका वडा न ५ पाहागा मा खिम लाल ज्ञवाली र राधा ज्ञवालीको कोखबाट जन्म लिनु भएकी 23 वर्षीया पुष्पा ज्ञवालीले एकै पटकमा लोक सेवा आयोगले लिएको परिक्षामा कृषि प्रसार अधिकृतमा नाम निकाल्न सफल हुनु भएको छ ।
हुने बिरुवाको चिल्लो पात भनेझै ज्ञवाली सानै उमेर देखि पढन र यस्तै सामान्य ज्ञान हेर्न अति रुचि राख्ने भएकोले पहिलो पटकमा नाम निकाल्न सफल भएको उनकी ठुली दिदी निरु ज्ञवालीले जानकारी दिनु भयो ।
पारिवारिक अबस्था
पाच छोरी र १ छोरा भएको परिवारमा
आफु परिवाकि काइली छोरी हुन । परिवारमा सबै शिक्षित भएको कारणले आफू अगाडी बढन सफल भएको साथै घर परिवार, समुदाय र गुरुहरुको प्रेरणा पनि मिलेको पुष्पाले बताउनु भयो ।
पुष्पाको शाखा सन्तान सबै लेखा पढा भएको र सरकारी सेवामा रहेको कारणले यसरी जागर बढेको देखिन्छ ।पुष्पाले भनु हुन्छ कि
मेरो जेष्ठ दिदी निरु ज्ञवाली शिक्षिका माइली दिदी मिना ज्ञवाली यातायात कार्यलय बुटवलमा लेखापाल को रूपमा कार्यरत , यस्तै साइली दिदी इन्दु ज्ञवाली नेपाल बैंक लिमिटेडमा कार्यरत र कान्छि बैनी भगबती सिबिल इन्जिनियर काठमाडौमा अध्ययन गर्दै हुनुहुन्छ । यस्तै ज्ञवालीका भाइ सुन्दरले चाटर् एकाउन्टेन्ट अध्ययन गरिरहेका छन ।बुवा भर्खरमात्र शैक्षिक अबकास हुनु भएको छ, भने आमा गृहणीको रुपमा रहनु भएको छ ।आफ्ना बुवा अन्कल फुपुहरु पनि यस्तै सबै जना राष्ट्र सेवक कर्मचारीहरु भएको परिवारमा आफू पनिआफ्नो देशमा रहेर काम गर्ने अबसर प्राप्त होलाकी भनेर फर्म भरेर परिक्षा मा सहभागी भई नतिजामा पनि आफ्नो मेहेन्त परिश्रमले एकै पटकमा १ नम्बरमा अधिकृतमा आफ्नो बुबा आमा र हजुरबुवाको सँगै आफ्नो नाम आउँदा परिवार सङै मनमा खुसी छायो ज्ञवाली लाई ।
ज्ञवालीले शैक्षिक अबस्था
ज्ञवालीले कक्षा १ देखि ३ सम्म त्वागा प्राथमिक आधारभुत बिध्यालय गाउकै बिध्यालय , कक्षा ४ देखि १० सम्म जनबोध माध्यमिक बिध्यालय यस्तै उच्च माध्यमिक तहको शिक्षा हासिलको लागि पाल्पामा रहेको जनता माध्यमिक बिध्यालयमा उच्च माध्यमिक शिक्षा परिषद् बुटवल ले प्रदान गरेको पुर्ण छात्रवृत्तिमा नाम निकाली अध्ययन गर्नु भएको हो । यस पछी उच्च शिक्षाको लागि कृषि तथा पशुविज्ञान अध्यान सस्थान भैरहवामा पुर्ण छात्रवृत्तिमा नाम निकाली भर्ना हुनु भयो ।
मिहेनत गर्दै जाने क्रममा अधिकृतमा समेत १ नम्बरमा नतिजा समेत आयो ।
रुरु सन्चार अन्लाईन सित टेलीफोनमा बार्ता गर्दै भनु भयो लगातार र नियामित पढे, हरेक हप्ता बुधबार गोर्खापत्र अध्यायन, ,योजना बद्द तथा समय तालिका अनुसार गृह, कार्य ,सामाजिक सन्जाललाइ साथमा अगाल्ने बानी ,बिस्तारै नआतिकन पढ्ने लेख्ने गर्दा सफल भएको ज्ञवालीको भनाइ रहेको छ। पुष्पा लाई परिवारले कहिलै पनि पढ पढ भनेर टर्चर भएन, काम पनि खासै गर्न परेन पुस्तक हेरेसि विषय बस्तु बुझ्ने र त्यसलाई बिष्लेषण गर्ने क्षमता पनि अबल्ल नै भएको , कक्षामा निरन्तर नतिजा पनि राम्रो आयको हुनाले सधैं शिक्षक, आफन्त र समाजले हौसला दिइरहँदा झन् मनमा जोस र आत्मबल बढेर अग्र स्थानमा आफू आयको बताउनु भयो । आफ्नो यो सफलता पाउन आफूले गरेर मात्र सम्भव नभएको उहाले बताउनुभयो । परिवारको साथ, गाउँ समाज को हौसला, साथीभाइ को सहयोग, गुरुहरूको ज्ञान सबै उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ । धेरै पढेर लोकसेवा पास गर्छु भनेर मात्र हुँदैन सबैभन्दा पहिले त पढ्ने वातावरण तयार गर्नुपर्छ र दिमाग एकदम स्वतन्त्र बनाउनुपर्छ ,कुनै पनि चिन्ता नलिई निरन्तर रुपमा गहिरो अध्ययन गरियो भने लोकसेवा पास गर्न सोचेजस्तो गारो नहुने उहाँको अनुभव छ ।
Discussion about this post