गल्याङ/
स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले चाहना गरेका छन् । श्रेष्ठद्वय नाताले श्रीमान्-श्रीमती हुन् ।
महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् भने उमा श्रेष्ठ गल्याङ उद्योग वाणिज्य संघको सचिव हुन् ।
गल्याङ नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्न झण्डै एक दर्जन र उपमेयर बन्न ४ जनाले चाहना गरेको बताइएको छ ।
Discussion about this post