कालीगण्डकीमा शोक सभा एवं राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न!

158
SHARES
148
VIEWS


जि.के. पाण्डेय!
भदौ १३,
गत असार ३० गते काली गण्डकी गाउँ पालिका वडा नं ४,खहरेमा आएको बिनासकारी पहिरोबाट मृत्यु हुनुभएका पुर्ब गा.बि.स. अध्यक्ष(साबिक बिर्घा) ईमान सिं राना,क्या.गिमान सिं थापा,स्थानीय समाजसेवीहरु टिका बहादुर थापा र प्रेमचन्द्र पाण्डेयको ४७ दिनको पुण्यतिथिको अवसरमा आज नेपाली कांग्रेस काली गण्डकी गाउँ पालिका वडा नं ४ ले हालको अवस्थामा अबलम्बन गर्नुपर्ने आवश्यक मापदण्ड पुरा गरीे शोक सभाको आयोजना गरेको छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापती कुमार राना,सभासद् मोहन प्रसाद पाण्डेय,पुर्ब सांसद शंकर प्रसाद पाण्डेय,नेतृ माया राना,ने.बि.संघ महामन्त्री युवराज पाण्डेय,जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष बोम लामिछाने,खडक झेडी,ने.क.पा.का तर्फबाट पार्टी प्रतिनिधि नारायण पाण्डेय,दर्शन राना लगायतको उपस्थिति रहेको थियो।
उक्त शोकसभामा बोल्ने बक्ताहरुले मृतकहरुले पार्टीसँगै सीङ्गो समुदायलाई हालसम्म पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो।
सभामा बोल्ने क्रममा सभासद मोहन प्रसाद पाण्डेयले पहिरोको जोखिम रहेका बस्तिहरुलाई बिस्तृत योजना बनाई सुरक्षित स्थान सार्नुको बिकल्प नरहेको बताउनु भयो भने जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष बोम लामिछाने र ने.क.पा. पार्टी प्रतिनिधि नारायण पाण्डेयले घटनाका दिनदेखी सँगै रहेको र आगामी दिनमा पनी मृतक र बिस्थापितको परिवारलाई सहयोग गर्ने कुरामा आफुहरुको तर्फबाट कुनै कसर बाकी नराख्ने बताउनु भयो।
सोहि कार्यक्रमका बिच नेपाली कांग्रेस काली गण्डकी गाउँ पालिका वडा नं २,३,४,५ बाट संकलित रकम रु दुई लाख अन्ठाउन्न हजार नौ सय पैसठ्ठी र सुर्यज्योति क्लब काली गण्डकी ४ खहरेबाट रु चालिस हजार गरी दुई लाख अन्ठानब्बे हजार नौ सय पैसठ्ठी रुपियाँ मृतक र बिस्थापितको परिवारलाई हस्तान्तरण गरिएको थियो।ने.का.जिल्ला सभापति कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वडा नं ४ की महिला वडा सदस्य सरस्वती पाण्डेयले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार