स्याङ्जामा चापाकोट नगरपालिकाको एम्बुलेन्स दुर्घटना

62
SHARES
146
VIEWS

स्याङ्जामा चापाकोट नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ। वालिङ नगरपालिका–७ केवरेमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । आज बिहान करीब चार बजे तिर उक्त दुर्घटना हुँदा एम्बुलेन्समा सवार दुईको अवस्था गम्भीर र अन्य दुईजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् । बा२झ ४०११ नम्बरको चापाकोट नगरपालिकाको एम्बुलेन्स काठमाडौं बिरामी छाडेर चापाकोट तर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको थियो।घट्ना स्थलबाट चारैजनाको उद्धार गरि घाइतेहरुको वालिङ प्राथमिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार