कालीगण्डकी गाँउपालिका भित्र मतदान गर्ने समय सकिएको छ।
स्याङ्जाको जिल्लाको केन्द्रबाट सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा २५ वटा मतदान केन्द्र र १६ वटा निर्वाचन स्थल तोकिएको थियो।
कालीगण्डकी गाउँपालिका भित्र कुल १७ हजार ९ सय ३८ मतदाता रहेका ठाउँमा सफल भइ प्रकिया सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिका भित्र करिव ६५% मत खसेको निर्वाचन अयोगको कार्यलयले जानकारी दिएको छ। कालीगण्डकी भित्र ७ वडा मध्ये सवै भित्र सकुशल मत खसेको कार्यलयले जनाएको छ।
सुरक्षाको दृष्टिकोणले कालीगण्डकी गाउँपालिका मध्यम मानिएको छ। यो पटक कालीगण्डकी गाउँपालिकामा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन र नेकपा एमाले विचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
Discussion about this post