स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई जना घाइते

1.2k
SHARES
139
VIEWS

राजन भट्टराई,१४ भाद्र
चापाकोट, १४ भदौ । स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का २५ वर्ष श्याम पंगेनीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

वालिङबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स आज बिहान ४ बजे वालिङ नगरपालिका वडा नं ५ माझकोटस्थित वालिङ चापाकोट भित्री कच्ची सडक खण्डमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

एम्बुलेन्सले काठमाडौंमा विरामी छोडेर फर्किएको थियो। एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका चापाकोट नगरपालिका वडा नं ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाईएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार