रामपुर नगरपालिकाद्वारा शसस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

11
SHARES
92
VIEWS

पाल्पा, रामपुर नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शसस्त्र प्रहरी बललाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाले शसस्त्र प्रहरी बल नेपालनं. ३५ गुल्म तानसेनलाई बाढीपहिरोआगलागी लगायत विभिन्न विपद्को समयमा  उद्धारका लागि प्रयोग हुने सामग्री उपलब्ध गराएको हो। नगरपालिकाले डायनामिक रोपअटो लकिङ क्याराबिनर १४ थानसिट हार्नेस ४ थानफिगर एट ४ थान र १ सय मिटर पर्सनल रोप प्रदान गरेको छ ।

 

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपद्को समयमा जिल्लाका जुनसुकै स्थानमा पुगेर उद्धार कार्य गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको बताउनुभयो। उहाँले सुरक्षाकर्मीहरू सधैं अग्रपंक्तिमा रहेर जोखिमपूर्ण अवस्थामा काम गर्ने भएकाले सुरक्षित र व्यवस्थित उद्धारका लागि यस्ता सामग्री आवश्यक हुने उल्लेख गर्नुभयो।उहाँले उद्धार कार्यको प्रभावकारिता प्रयोग गरिने सामग्रीमा निर्भर रहने उल्लेख गर्दै विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। साथैनगरपालिकासहित समग्र जिल्लामा हुने विपद्जन्य घटनामा उच्च मनोबलका साथ सक्रिय रूपमा सहभागी हुन सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभयो।

सामग्री बुझ्दै शसस्त्र प्रहरी बल नेपालनं. ३५ गुल्म तानसेनका प्रहरी नायब उपरीक्षक झुपा कुमारी पन्थीले नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै उपलब्ध सामग्रीले विपद्को समयमा उद्धार कार्यलाई थप सहज र प्रभावकारी बनाउने बताउनुभयो। उहाँले उद्धार सामग्रीको अभावमा क्षति बढ्ने भएकाले स्थानीय तहहरूले विपद् पूर्वतयारीमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार