राइजिङ स्टार जनहित युवा क्लब स्याङ्जाद्वारा भलिबल प्रतियोगिता सम्पन्न

15
SHARES
126
VIEWS

 

स्याङ्जाको कालीगण्डकी ३ बारीचौर स्याङ्जामा अबस्थित श्री राइजिङ स्टार जनहित युवा क्लबले साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भब्यतका साथ सप्पन्न गरेको छ। प्रतियोगितामा आयोजक सहित २२ वटा समूहहरुले सहभागिता जनाएको क्लबका अध्यक्ष पर्बिन थापा मगरले जानकारी दिनु भयो। सहभागी हरु मध्ये बाल कन्या जनचेतना युवा क्लब प्रथम , द्वितीय कालिका युवा क्लब प्युघा , तृतीय जनमिलन युवा क्लब टङ्लेहवा र सान्त्वना स्थान आयोजकले हात पार्न सफल भएको थियो। प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ६०,०००/ , ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु ४०,०००/- ट्रफि , मेडल र प्रमाणपत्र , तृतीय पुरस्कार नगद रु २०,०००/- ट्रफि , मेडल र प्रमाणपत्र
र सान्त्वना पुरस्कार नगद रु १०,०००/- ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष साबित्रा कोइराला , पूर्व पालिका अध्यक्ष खिम बहादुर थापा लगायत बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु प्रती क्लबका अध्यक्ष पर्बिन थापा मगरले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत साथ , सल्लाह , सहयोग र सुझावको अपेक्षा रहेको समेत थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार