स्याङ्जाको वैघा-रिडी सडकखण्डमा आज बाट पुनः सडक निर्माण कार्य सुरु

12
SHARES
104
VIEWS

कार्तिक -१७ , स्याङ्जा, कालीगण्डकी गाउँपालिकाको वैघा देखि रिडी सम्मको सडक खण्डमा कालोपत्रेको लागि फाउन्डेसनको काम आज बाट पुनः सुरु भएको छ। दशै बिदाका कारण वैघा देखि ठाटी भञ्ज्याङ् सम्ममात्र कालो पत्रेको लागि फाउन्डेसन निर्माण गरिएको थियो। कालोपत्रेका लागि आजबाट फाउन्डेसन निर्माण कार्य सुरु गरिएको सगुन कन्स्ट्रक्सनका प्रोजेक्ट इन्जिनियर अल्प्रेन्द अधिकारीले बताउनु भयो। साथै सडकको कालोपत्रेका लागि प्राइमर राख्ने कार्य पनि तत्काल सुरु गरिने अधिकारीले बताउनु भयो। हाल स्याङ्जाकोको कालीगण्डकी गाउँपालिकाको मिर्मीको मिलन चोक देखि रिडी सम्मको सडक खण्ड तीन भागमा बिभाजन गरि कालोपत्रे हुने क्रममा रहेको छ।

तस्बिर : सुमन ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार