कालीगण्डकी गाउँपालिकाको लम्बेक गाउँ सिल

177
SHARES
1.5k
VIEWS

जेठ १२

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित लम्बेक गाउँलाई आजबाट एक हप्ता सम्मका लागि सिल गरिएको छ। गाउँमा रुघाखोकी , ज्वोरो र सास फेर्न गाह्रो हुने जस्ता लक्ष्ण सहितका बिरामी बढेको र सात जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भए पछि कोरोना संक्रमणको रोकथामका लागि एक साताका उक्त गाउँलाई सिल गरिएको वडा अध्यक्ष राम बहादुर आलेले जानकारी दिनु भयो।
लम्बेक गाउँमा कुल २८ घर रहेकोमा एक साता सम्म घरमै बस्न आग्रह गरिएको वडा अध्यक्ष आलेले जानकारी दिनु भयो। लक्षण सहितका अन्य व्यक्तिहरुको पनि पिसिआर परिक्षणका लागि पालिका संग आफुले आग्रह गरेको समेत वडा अध्यक्ष आलेले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार