असार -१४
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थलगत बाख्रापालन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ।
साना बाख्राको व्यवसायीक उत्पादन केन्द्र (बाख्रा पकेट) कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा र कालीगण्डकी गाउँपालिकाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो।

श्री चण्डी भञ्ज्याङ् घुरडाँडा बाख्रा पालन समूहका अध्यक्ष खडक झेडी मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर प्रमुख अतिथि रहनु भएको थियो।
यस्तै गरि कार्यक्रममा अतिथिको रुपमा कालीगण्डकी गाउँपालिका पशुसेवा कार्यलयका प्रमुख राजेश पाण्डे, समाजसेवी बम लामिछाने मगर , वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर राना मगर र कोटाकोट मगर समाजका अध्यक्ष डम्बर राना मगर रहनु भएको थियो।
कार्यक्रममा बाख्रा पालन समुहका कृषकहरुलाई पशु सेवा कार्यलयका पशु प्राबिधिक राजेश पाण्डे , बाशु भण्डारी र बिमल पराजुलीले प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले प्रत्येक समूहलाई ५०% अनुदानमा डिजिटल तराजु र शत प्रतिशत अनुदानमा औषधि वितरण गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष थापाले बाख्रा पकेट क्षेत्रको सम्भावना बोकेको वडा नम्बर १ र २ लाई भूगोलले पनि साथ दिएकोले कृषकहरुलाई बाख्रापालनमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नु भयो।
अध्यक्ष थापाले आर्थिक वर्ष २०७८/७९ मा पनि गाउँपालिकाले पशु पन्छी पालन र कृषिका लागि बजेट रहेको जनाकारी दिनु भयो।
पालिकाको नौ सभाले स्वास्थ्य र रोजगारसंग प्रत्यक्ष जोडिएको कार्यक्रम प्रस्तुत गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर राना समाजसेवी बम लामिछाने मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो।
यस्तै गरि असार १५ गते कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ किपटमा स्थलगत बाख्रा पालन सम्बन्धि तालिम सन्चालन हुने छ



















Discussion about this post