स्याङ्जा -बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामकोलागि स्याङ्जामा जारी गरिएको निषेधाज्ञा पुनः एक हप्ताको लागि थपिएको छ। स्याङ्जा जिल्ला प्रशासनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भदौ १८ गते सम्म निषेधाज्ञा जारी गरेको हो। सो अवधीभर सार्वजनिक यातायात र निजि सवारी साधन चलाउन नपाइने सूचनामा उल्लेख गरिएको छ। निषेधाज्ञाको अवधी भर एम्बुलेन्स , खाद्य सामाग्री/ औषधि /दाना/ पानी / दुध / इन्धन बोक्ने साधन/ कुटनितिक नियोगको सवारी साधन , प्रेस पास सवारी साधन बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म चल्न पाउने छन् । सरकारी कर्मचारीको हकमा भने बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजे सम्म परिचयपत्रको आधरमा सवारी साधन चलाउन पाउने छन् । थप जानकारी सूचनामा हेर्नू होला।



















Discussion about this post