राजन भट्टराई ,
पाल्पाको रामपुर नगरपालिका ४ टुनी भञ्ज्याङ्गमा ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । हेटौडा बाट जाली लिएर आएकोे मिनी ट्रक रामपुर आर्यभञ्ज्याङ्ग सडक खण्डको टुनी भञ्ज्याङ्गमा दुर्घटना हुँदा सर्लाहीको वाग्मती नगरपालिका ७ का अन्दाजी ३० वर्षियका सन्तोष गहतराजको घटना स्थल मै निधन भएको हो ।
निर्माणाधिन कालीगण्डकी करिडोरको प्रदेश ३–०३–००१ अ.यो ००७१ नम्बरको ट्रक दुर्घटनामा सहचालक सर्लाहीको वाग्मती नगरपालिका ७ कै १६ वर्षिय राहुल गहतराज घाईते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । बाँकेको नेपालगन्ज उपमहानगर पालिका घर भएका ट्रकका चालक ३१ वर्षिय कालुराम नेपाली भने फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
घाईते सहचालकको रामपुर अस्पतालमा उपचार भैरहेको छ । मृतक सन्तोष कालीगण्डकी करिडोरको डोजर अपरेटरको रुपममा कार्यरत थिए । ट्रक सडक भन्दा १ सय ५० मिटर तल खसेको छ । दुर्घटना तीव्रगतिका कारण भएको हुन सक्ने प्रहरीले गरेको छ ।

Discussion about this post