घर भत्केपनि जनताको मन भत्किन नदिने चापाकोटका मेयर गिरिको प्रतिबद्धता,

113
SHARES
112
VIEWS

राजन भट्टराई

स्याङ्जा : स्याङ्जा को चापाकोट नगरपालिकाका विभिन्न स्थानमा अविरल बर्षा भएपछि धेरै ठाउँमा धनजनको ठुलो क्षति भएको छ । केही समय अगाडि अविरल बर्षाका कारण घर भत्किनुका साथै विभिन्न ठाउँमा खेतीयोग्य जमिनमा पहिरो जाँदा स्थानीयबासी चिन्तित बनेका छन् ।

बस्ने घर समेत भत्केर बिचल्लीमा परेका आम नागरिकको दुरावस्था देख्दा चिन्तित बनेका चापाकोट नगरपालिका नगरप्रमुख शिवकुमार गिरि यतिबेला प्रत्यक्ष रुपमा क्षति अवलोकन गर्न भन्दै पीडितहरुको घर घरमा पुग्ने थालेका छन्।भत्केको घर र पहिरोले लगेको खेतीयोग्य जमिनले खुशी लुटिएका आम नागरिकहरुमा आशाको दियो जलाउन मेयर गिरि लागिपरेका हुन्।

बर्षातका कारण कष्टकर जीवनयापन गरिरहेका चापाकोटबासी भने स्थानीय सरकारका प्रमुख गिरि नै घरघर पुगेर नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे सँगै बर्षाले लुटिदिएको खुशी फर्किनेमा आशावादी बनेका छन् ।

यही मेसोमा नगर प्रमुख गिरिले सोमबार क्षति अवलोकन गर्ने क्रममा चापाकोट नगरपालिकाको वडा नम्बर ५ को काम्तीस्थित फेरेमा पुगी भत्किएको घरको अवलोकन गरेका छन्।घर भत्केपनि नगरप्रमुखको हैसियतले जनताको मन भत्किन नदिने भन्दै घर निर्माण गर्न आवश्यक सहयोग नगरपालिकाको तर्फबाट गर्ने प्रतिबद्धता जाहेर गरेपछि पीडित स्थानीयमा नयाँ घर बन्ने आशाको अंकुरण पलाएको छ ।

जनताको घर भत्किदाँ आफु चैनको निद्रामा निदाउन नसकेकोले तत्काल घर भत्केका नागरिकलाई नयाँ घर र खेतीयोग्य जमिन बगाएका नागरिकलाई उचित राहत प्रदान गर्ने कुरा नगर प्रमुख गिरिले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार