रुपन्देहीमा थप एक जनाकोरोना संक्रमितको मृत्युु

21
SHARES
102
VIEWS

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । ब्लड प्रेसरको समेत दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

यो संगै रुपन्देहीमा शुक्रबार सम्ममा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुटवल उपमहानगरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार