स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा शुक्रबार मात्रै थपिए ८९ कोरोना संक्रमित

32
SHARES
137
VIEWS

भदौ १९ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको कुल संख्या २ हजार ४ सय ३ पुगेको छ ।

शुक्रबार कास्की, नवलपुर (वर्दघाट सुस्ता पुर्व), तनहुँ, स्याङ्जा, लमजुङ, बाग्लुङ, मनाङ र गोरखाका ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन ।

यसरी थपिएका संक्रमित मध्य सबै भन्दा धेरै नवलपुर (वर्दघाट सुस्ता पुर्वमा) ४१ जना, गोरखाका २२ जना, कास्कीको पोखरा महानगरका १७ जना, लमजुङका ३ जना, तनुहँ र स्याङ्जाका २–२ जना, र मनाङ र बाग्लुङका १–१ जना छन् । थपिने मध्य ३३ जना महिला छन् ।

जसअन्र्तगत नवलपुर (वर्दघाट सुस्ता पुर्व),को कावासोतीका ११, गैडाकोटका १९, देवचुलीका १० र विनयत्रिवेणीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गोरखा नगपालिकाका १७ जनामा पनि शुक्रबार नै संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५, १०, १२, १४, १५, २७ र ३० मा गरि १७ जना थपिएका छन् । यसै गरि शुक्रबार नै थपिनेमा लमजुङको राइनासका २ जना मध्यनेपाल नगरपालिकाका १ जना छन् ।

यस्तै स्याङ्जाको कालीगण्डकी र भीरकोट नगरपालिकाका १–१ जना, तनहुुँको भानु नगरपालिकाका र म्याग्दे गाउँपालिकाका १ जना, बाग्लुङको ताराखोलाका १ जना र मनाङको चामेमा कार्यरत नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार