गुल्मीको रुरु गाउँ पालिकाका विभिन्न वडाहरु सिल गर्ने तयारी

34
SHARES
181
VIEWS

गुल्मी -जिल्लाको रुरुक्षेत्र गाउपालिकामा स्थानियमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी पालिकाका विभिन्न स्थान सिल गर्ने तयारी गरिएको छ। रुरुक्षेत्र गाउपालिका वड न. ५ का ४२ बर्षिय र वडा न.१ का ३१ बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएपछी गाउपालिकामा बसेको आजको बैठकले सो निर्णय गरेको हो। सङ्क्रमित ती ब्यक्तिहरु एकजना ३१ बर्षिय पुरुष गोरखाबाट आएका थिए भने अर्का ४२ बर्षिय पुरुष बिरामी लिएर काठमाडौं वीर अस्पतालमा गएका र एक रात बसेर गुल्मी आएका थिए। उनी बिरामी लिएर गएको वीर अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी बीर अस्पताल सिल गरिएको थियो र त्यस लगत्तै कन्ट्याक्ट् ट्रेसिङका क्रममा उनको स्वाव लिदा उनिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रुरुक्षेत्र गाउपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।
उनले लिएर गएका बिरामी ब्यक्तिको उपचारको क्रममा काठमाडौं मा नै मृत्यु भएको थियो ,जसकारण सङ्क्रमित पुरुष मलामी पनि गएको पाइएको छ,मलामी जानेहरुको सङ्ख्या धेरै रहेकोले जोखिम थप बढेको देखिन्छ।पहिलो चरणको कन्ट्याक्ट् ट्रेसिङमा उनिसङ्ग २६ जना ब्यक्तिहरु प्रत्यक्ष सम्पर्कमा आएको पाइएको र उनिहरुको भोलि नै स्वाव सङ्कलन गरेर पठाइने स्वास्थ्य शाखा प्रमुख अधिकारीको भनाई रहेको छ।
सङ्क्रमित ब्यक्तिसङ्ग प्रत्यक्ष सम्पर्कमा आएकाहरु धेरैजसो वडा न.५ का रहेको र त्यसमध्य एकजना वडा न.३ र एकजना वडा न.४ का पनि रहेको अधिकारीले बताउनुभयो । २६ जना मध्य कसैको कोरोना रिपोर्ट पोजेटिभ आए दोस्रो चरणको कन्ट्याक्ट् ट्रेसिङ गरिनेपनि उहाले बताउनुभएको छ।
ती पुरुषमा सङ्क्रमण पुष्टि भएपछी उनी प्रत्यक्ष सम्पर्कमा आएको वडा न.५ को वडा कार्यालय सिल गरिसकिएको रुरुक्षेत्र गाउपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले जानकारी दिनुभयो। कोरोना भाइरस सङ्क्रमणको थप जोखिमलाई नियन्त्रण गर्न पालिका भित्रका विभिन्न स्थानहरु सिल हुने भएका छन् । आज राती १२ बजेदेखी लागू हुनेगरी भदौ २८ गते राती १२ बजे सम्मका लागि विभिन्न स्थान सिल गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गिरिको भनाई रहेको छ।
वडा न.४ बलेटक्सारको साविकको वडा न.२,३ र ५ को चौतारा ,धोविघाट,तलिगाउ,जोर्तेपोखरी ,बलेचौर र रानिबास क्षेत्र र वडा न.५ बम्घाको साविकको वडा न.३ देखि ९ पुर्ण रुपले सिल गर्न लागिएको गिरिको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार