पाल्पामा पनि पिसिआर परिक्षण गरिने

123
SHARES
106
VIEWS

पाल्पा – कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपियाँ पठाएपछि मेसिन खरिद प्रकृया अगाडि बढाइएको थियो ।छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएका ओम सर्जिकल्सले पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएको ल्याबमा ल्याएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रतिघण्टा ९२ जनाको स्वाब परीक्षण गर्न सकिने पीसीआर मेसिन ल्याउन ७७ लाखमा व्यवसायिक कम्पनीसँग ठेक्का सम्झौता भएको उहाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।अब एकसाताभित्र मेसिन सेटिङ् गरेर परीक्षणको काम सुरु हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण समुदायमा तीव्र गतिमा फैलिएका बेला पीसीआर मेसिन पाल्पामै स्थापना भएपछि कोरोना जाँच पछि यसको नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । मेसिन ल्याउन र स्थापनामा सहयोग गर्ने नेपाल सरकार, संघीय सांसद, प्रदेश सांसद तथा जिल्लास्थित विभिन्न निकायलाई उहाँले धन्यवाद दिनुभयो । बाँकी केही सामग्री आउने क्रममा रहेकाे छ । पीसीआर मेसिन पाल्पामा स्थापना भएपछि पाल्पासहित स्याङ्जा, गुल्मी, अर्घाखाँची र अन्य छिमेकी जिल्लाको स्वाब परीक्षणमा सहजता हुने दावी गरिएको छ । पीसीआर मेसिन सञ्चालन गर्न जिल्ला समन्वय समितिको काजीपौवास्थित भवनमा १५ कोठाको आधुनिक ल्याब तयार भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार