गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु

14
SHARES
105
VIEWS

भदौ २८ पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ । काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररत कास्की, तनहुँ र गोरखाका तिन जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनलाय गण्डकीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा कास्कीको मादि गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं नयांबजार बस्ने ५१ वर्षिय पुरुषको भाद्र २६ गते विहान ११ः२८ बजे शसस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा निधन भएको हो ।यस्तै मृगौलासम्बन्धी समस्याबाट ग्रसित गोरखाको भीमसेनथापा –३ का ४५ वर्षिय पुरुषको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगंजमा गत भदौ २७ गते मृत्यु भएको छ ।

तनहुँको आंवुखैरेनी नगरपालिका–४ निवासी ७६ वर्षिया महिलाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगंजमा भदौ २४ गते निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनिहरुको विवरण स्वास्थ्य निर्देशनालयलाई अध्यावधिक गराएसंगै प्रदेशमा ज्यान गुमाउनेको संख्या बढेको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । यस अघि गण्डकीका कास्कीमा ९, गोरखामा ४, तनहुँ, नवलपुर वर्दघाट सुस्ता पूर्व र स्याङ्जामा ३–३ जना, बाग्लुङ र म्याग्दीमा एक–एक जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार