अव पिसिआर परिक्षण शुल्क मात्र दुई हजार

51
SHARES
107
VIEWS

भदौ-२८, कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ ।

ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।

पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको भण्डारीले जानकारी दिए ।

एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।

उनले भने ‘एउटा कम्पनीले १०० जनाको परीक्षण गराउँदा ४ लाख लाग्नेमा अब त्यही पैसाले २०० जनाको परीक्षण गर्न सकिने भयो । यस्तो अवस्थामा संस्थागत पीसीआर परीक्षणको संख्या पनि बढ्न जान्छ, जुन कोरोना रोकथामका लागि सहयोगी बन्न सक्छ ।’

असार १३ गतेदेखि पीसीआर टेस्ट सुरु गरेको ल्याबले भदौ २७ गतेसम्म प्रतिपीसीआर ४ हजार रुपैयाँ शुल्क तोकेको थियो । यो समयमा साढे १० हजार पीसीआर टेस्ट भएको छ ।

अब ल्याबले शुल्क २ हजारमा झरेको छ । विदेशबाट आएकाहरूलाई तोकिएको मूल्यमा पनि १०० रुपैयाँ छुट दिने भएको छ । यो समय धेरै नाफाका लागि भन्दा पनि संस्थाको इमेज बनाउने समय समेत भएकोले राष्ट्रिय अर्थतन्त्रको अवस्थालाई हेरेर यस्तो शुल्क घटाउने निर्णय गरिएको पनि उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार