सिन्धुपाल्चाेक पहिराेमा ज्यान गुमाउनेहरुको सङ्ख्या ११ पुग्यो

13
SHARES
107
VIEWS


भदौ -२८, सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिराेमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । पहिराेमा ज्यान गुमाउने हरु भक्तिमाया श्रेष्ठ , जुनु विक , शुकलाल विक ,सन्देश विक , सर्किनी नेवार , धनलाल नेवार, ट्याक्सी शेर्पा , हिरामाया नेवार , ज्ञानीमाया प्रधान, सरस्वती विक र करणबहादुर श्रेष्ठ रहेका छन् । यस्तै गरि पहिरोमा परि २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा बिगत तीन महिनामा पहिरोमा परि मृत्यु हुने हरुको सङ्ख्या ६३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार