भदौ-२९, कालीगण्डकी गाउँ पालिका स्याङ्जामा बिद्यालय भवन निर्माणले तिब्रता पाएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न लागि बिद्यालयको भौतिक संरचानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने तथ्यलाई मध्यनजर गर्दै कालीगण्डकी गाउँ पालिकामा अवस्थित विभिन्न बिद्यालयमा भवन निर्माण कार्य भैरहेको छ। यसै क्रममा कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ छापडाँडामा अवस्थित श्री कोटाकोट आधाभूत बिद्यालयमा थप चारकोठे भवन निर्माण कार्य सुरु भएको छ। जिल्ला स्तरीय योजना कार्यनयन इकाइ (शिक्षा) स्याङ्जाको पहलमा निर्माण हुन लागेको थप चार कोठे बिद्यालय भवनले बिद्यालयलाई भौतिक रुपमा सुबिधा सम्पन्न बनाउने बिद्यालयका प्रधानाध्यापक प्रथ थापाले बताउनु भयो । ७३ लाख ३९ हजार ७ सय कुल लागतमा निर्माण हुने बिद्यालय भवनको निर्माण कार्य यही मङ्सिरसम्म पूरा गरिने समेत बिद्यालयका प्र.अ. थापाले बताउनुभयो । कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ मा अवस्थित अर्को बिद्यालय श्री कोटाकोट आधारभूत बिद्यालयको पनि चार कोठे बिद्यालय भवनको शिलान्यास गरिएको समाचार प्राप्त भएको छ।
Discussion about this post