काठमाडौं ,भाद्र२९
आज बसेको मन्त्रिपरिषदको बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान तथा लामाे दुरिकाेे बस सुचारु गर्ने निर्णय गरेको छ ।
यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।
साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान संगै लामो दूरीको बस असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हाे ।
Discussion about this post