स्याङ्जा : गण्डकी प्रदेशमा आह एकै पटक ४७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका ३ जना , गोरखाका एक , तनहुँका ७ जना , लमजुङका १ जना , मनाङ्का एक जना , स्याङ्जाका १२ जना र नवलपरासीका २० जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ३११२ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। यस्तै गरि गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ। गोरखा जिल्ला, बारपाक सुलिकोट-८ कि ६३ बर्षीय महिलाको मिति २०७७/०५/२९ गते श्री बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा उपचारको क्रममा निधन भएको छ | मृतक क्यान्सर रोगबाट ग्रसित पनि रहेकी थिइन् । मृतकमा भाद्र २५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको
Discussion about this post