गण्डकीमा २८जनामा कोरोना संक्रमण पुष्टि

13
SHARES
106
VIEWS

असोज १ पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा कास्की ८ जना र बाग्लुङका ४ जना , नवलपुर (वर्दघाट सुस्ता पूर्व)का १२ जना, गोरखाका २ जना र तनहुँका २जनामा संक्रमण पुष्टि भएको हो ।

थपिने संक्रमित मध्य पोखरा महानगरको ९, १०, १५, २० नं वडाका ४ जना, नवलपुरको देवचुलीका २ जना, गैंडकोटका ७ जना , मध्यविन्दुका २ जना र कावासोतीका १ जना छन् ।

यस्तै बाग्लुङको तमानखोलाका १ जना र बाग्लुङ नगरपालिकाका ३ जना र तनहुँको आवुखैरेनीका १ जना छन् ।

यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय ६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा १५ र बाग्लुङ नगरपालिकाका ४ जनामा भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए भने बाँकी कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित मध्य ९ जना महिला हुन् । उनीहरु वर्ष १९ देखि ८६ वर्ष उमेर समुहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार