कोरोना संक्रमण बाट पाल्पामा थप एक जनाको मृत्यु

25
SHARES
208
VIEWS

पाल्पा- पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१४ अर्गलीकी) ४२ वर्षीया एक महिला छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा शुक्रबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

निमोनियाले ग्रस्त उनको भदौ ३० गते उपचारको लागि अस्पताल भर्ना भएकी थिइन् । कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई प्री( आइसोलेनमा भर्ना गरिएको थियो। लगत्तै स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएको र शुक्रबार बेलुकी उनको रिपोर्ट कोरोना पोजेटिभ आएको पन्थीले बताए। उनका अनुसार शुक्रबार राति नै करिब १२ बजे ती महिलाको मृत्यु भएको भएको हो ।

तर ३० गते भर्ना भएकी ती महिला स्वाब दिएपछि भने घर फर्किएकी थिइन्। बिमारले थप च्यापेपछि उनी हिजो बिहान पुनः उपचारको लागि अस्पताल आइपुगेकी थिइन्। उनको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवा का ४५ वर्षीय पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिला, तानसेन नगरपालिका ७ टिन्टीआँपका ५२ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार