रामपुरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल

13
SHARES
108
VIEWS


असोज – ७, पाल्पाको रामपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु, राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा फोहरमैला सम्बन्धी छलफल गरिएको नगरपालिकाले जनाएको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्जाको सहजिकरणमा रामपुरमा अव्यवस्थित रुपमा फालिएको फोहोरजन्य पदार्थलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गरिने भएको छ । उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक ऋषिराम पौडेल र सूर्योदय क्लवका अध्यक्ष अनन्त श्रेष्ठले फालिएको फोहोरलाई मेसिनबाट प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन बिधिका सम्बन्धमा सहजिकरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार