असोज- ७ ,गण्डकी प्रदेशका विभिन्न जिल्लाका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ९जना, नवलपुर बर्दघाट सूस्ता पूर्वका १ जना, तनहकुँका ४ जना, स्याङजाका ३ जना, लमजुङका ५, म्याग्दीका १ जना र बाग्लुङका २ छन् ।
कास्कीका संक्रमित मध्य पोखरा महानगरका ८ जना र अन्नपूर्ण गाउँपालिकाका एक जना रहेका छन् ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
Discussion about this post