बिष्णु पाण्डे
पाल्पा– असोज ८, केही दिन यता परेको अविरल बर्षाको कारण पाल्पामा पहिरो जादा एक जनाको मृत्यु र अन्य पाँच जना बेपत्ता भएका छ्न। पाल्पाको रम्भा गाउपालिका २ फोक्सिङ कोटको तेलाङगामा दुई घर र फोकिसिङकोटकै सुरुङ्गामा एक घर पहिरोले पुरिएको रम्भा गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनु भयो। पहिरोमा परि बेपत्ता भएका हरु मध्य २७ वर्षीय मोति सरा गाहा मगरको शब फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी मदन गरिले जानकारि दिनुभयाे । उनी ८ महिनाकी गर्भवती रहेकी थिइन। पहिरोमा परि अन्य पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुने ५ जना हुम बहादुर मगरको परिवारका सदस्य रहेका छन् । यस्तै गरि मन बहादुर गाहा मगरको भने घर मात्रै पुरिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ। बेपत्ता ५ जनाकै खाेजि कार्य जारि रहेकाे गिरिले बताउनुभयाे ।
Discussion about this post