पुश्कल शर्माको “एक दिन” ९ गते बाट

15
SHARES
124
VIEWS

सुमन ढकाल,
असोज -८, नेपाली लोक सांगितिक फाटका चर्चित गायक तथा मोडल पुश्कल शर्माले अर्को सांगीतिक कोसेली बजारमा ल्याउने भएका छन् । विशेष गरि सेन्टिमेन्टल गित संगितबाट दर्शक स्रोताको मन जित्न सफल गायक तथा मोडल शर्माले “एकै दिन” बोलको गित यहि असोज नौ गते सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । गितमा पितराम बिष्टको शब्द रहेको छ । उक्त गितमा संगित , पुरुष आवज , र भिडियो निर्देशन गायक स्वयं पुश्कल शर्माकै रहेको छ भने महिला आवाज चर्चित गायिका बिष्णु माझीको रहेको छ। गितको म्युजिक भिडियोमा मुख्य भुमिकामा पुश्कल शर्मा र सारिका केसी रहेका छन् । दिपक बिष्टको सम्पादनमा तयार भएको भिडियोलाइ आफनै युटुब च्यानल बाट सार्वजनिक गर्ने गायक शर्माले बताउनु भएको छ। । गायक शर्माका “मुटु जलाइ – जलाइ, झुम्के बुलाकी , पिडाको राजधानी , सति प्रथा, लगायतका थुप्रै गितले चर्चा परिचर्चा पाउन सफल भएका थिए। हरेक प्रस्तुतिले दर्शक स्रोताको मन जित्न सफल उनको यो प्रस्तुति पनि सुन्न र हेर्न दर्शक- स्रोताले निकै उत्सुकता पूर्वक प्रतीक्षा गरि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार