गुल्मीको रिडिमा कोरोना संक्रमितको सङ्ख्या १३ पुग्यो

17
SHARES
141
VIEWS

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अवधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको पुलपारी( ता.न.पा१४ को कुसेनी) मा एक ४२ बर्सकी महिलाको मृत्यु भए पछि गरिएको कन्ट्याक ट्रेसिङको क्रममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी मृतक महिलाको परिवारमा केहि दिन अघि गरिएको परिक्षणका क्रममा परिवारकै ३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै गत ५ गते रिडि बजारका ७५ वर्षिय एक बृद्धमा कोरोना संक्रमणको पुष्टि भएको थियो। हाल उनी काठमाडौ ग्रान्डी अस्पतालमा लउपचारत छन यो संगै रिडिमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। हिजो संक्रमण पुष्टि भएका ८ जना लाई होम आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोे रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर सुबोध ज्ञवालीले जानकारी दिनुभयो ।

यो घटनाले रिडि बजार क्षेत्रमा कोरोना संक्रमण समुदाय तहमा फैलिएको पुष्टि भएको स्थानियले बताएका छन । आउदा केही दिनहरुमा संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। जस्का कारण स्थानिय त्रसित भएका छन। अहिले रिडि बजार सुनसान छ। मानिसहरु बाहिर निस्कन डराइरहेका छन् । स्थानीय प्रशासनले एक साताका लागि बजार क्षेत्र शिल गरेको छ। बजार शिलको समयमा पाल्पा बाट दूध-दहि तरकारि बिक्री बितरण समेत बन्द गरिएको रुरु गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष रामलल बिकले जानकारी दिनुभयो । यता प्राथमिक स्वास्थ केन्द्रका स्वास्थ कर्मचारी समेत होम क्वारेन्टाइनमा बसिरहेको र आजकै दिनमा कोरना जाँच समेत स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । गुल्मी संगै पाल्पा तानसेन नगर पालिका वार्ड न१४ का साबिक वडा नम्बर ४ कुसेनि र वडा नम्बर ९ हृषीकेश टोल समेत पुर्ण रुपमा सिल गरिएको तानसेन नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार