स्याङ्जा कालीगण्डकीका एक युवा युरोपको भिषा त्यागेर कृषि पेशामा

15
SHARES
121
VIEWS

मीन थापा
असोज – १०, कालीगण्डकी गाउँपालिका – ३ सटुका स्याङ्जाका एक युवा स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्।

युरोपका भिषा त्यागेका सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेयले व्यवसायीक कृषि सुरु गरेका छन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक टमाटर उत्पादन गर्नु भएको छ।

टमाटर र तरकारीको साथमा पाण्डेयले लोकल कुखुराको पनि पालन गर्दै आउनुभएको छ।

रु २०००००/- दुई लाख रुपैयाँ लागतमा कुखुराको खोर र टमाटर लगायत अन्य नगदे तरकारी खेतीका लागि टनेल निर्माण गरेको पाण्डेयले बताउनुभयो।

स्थानीय बजारको मागलाई मध्यनजर गर्दै पाण्डेयले गाउँमा नै व्यापार व्यावसाय र कृषि गर्नु भएको हो।

विदेशीनु मात्रै समाधान नभएर आफ्नै गाउँमा इलम गर्नु पनि स्वरोजगारको माध्याम भएको पाण्डेयले बताउनु भयो।
अहिले बजारमा बिक्रीवितरण गर्न
टमाटर तयारी अवस्थामा रहेको छ।

गाउँमा नै केहि गर्छु भन्ने मेहनती युवा किसानहरूलाई गाउँपालिकाले पनि उचित ध्यानाकर्षणका साथ आवश्यक प्राविधिक सल्लाह र अनुदानको व्यवस्था गर्नुपर्ने र साथै उत्पादनको उचित मुल्य र बजारको व्यावस्था गर्दिएको खण्डमा युवा किसानहरूले राहत महशुस गर्नेथिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार