पाल्पा-बुटवल सडक आज नखुल्ने

14
SHARES
119
VIEWS


असोज -१०, आज बिहान बाट अवरुद्ध पाल्पा- बुटवल सडक खण्ड आज नखुल्ने भएको छ। पहिरोकोकारण अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि ठूलाठूला ढुङ्गाहरु सडकमा खसेकोले आज बाटो खुलाउन नसकिएको जिल्ला ट्राफिक कार्यलाय रुपेन्देहिले जानकारी दिएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । सडकमा ठूला-ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै पन्छाउन सकिने भएकाले सडक खुल्न समय लाग्ने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार