गुल्मिको रिडि- रुद्रबेणि सडक खण्ड अवरुद्ध

22
SHARES
180
VIEWS

चुरामणि तिमिल्सिना

असोज -११ गुल्मीको रिडि रुद्रबेणी सडक खण्ड अवरुद्ध भएको छ। आज दिउँसो करीब ३ बजे तिर बिष्णु पंजर नजिकै माथिबाट सडकमा पहिरो खसेकोले सडक अबरुद्ध हुन पुगेको हो। ठूलाठूला ढुङ्गा सहित पहिरो खसेको कारण अवरुद्ध बाटो तत्काल नखुल्ने अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडिका प्रहरी जवान जगत खनालले जानकारी दिनुभयो । पहिरोलाई पन्छाउनका लागि आवश्यक उपकरण झिकाइएको र अवरुद्ध बाटो खुल्न झन्डै २ दिन लाग्न सक्ने ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी नायब निरीक्षक सालिकराम थापाले जानकारी दिनुभयो । पहिरोमा मानवीय तथा सवारी साधनमा कुनै क्षति नपुगेको जानकारी रुरु बाट हाम्रा सहकर्मी मित्र चुरामणी तिमिल्सिनाले दिनु भएको छ। गत महिना सोही आसपासमा पहिरो जादा कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रिडि रुद्रबेणी सडक खण्ड केही दिन अवरुद्ध हुन पुगेको थियो। साना तिना पहिरो पन्छाउन नजिकै जेसिबी मेसिन तयार राखिए पनि आइतबार खसेको पहिरो ठूलो भएकोले तत्काल सडक खुलाउन सम्भावना नभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार