चुरामणी तिमिल्सिना
असोज -११, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा ननम्बर १ मा पर्ने रुरु-रिडिमा थप एक हप्तको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै रुरु क्षेत्र गाउँ पालिकाले असोज ६ गते बिहान बाट असोज १२ गतेसम्मको शिल गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले असोज १८ गते बिहान ४ बजे सम्मको लागि शिल अवधी थप गरिएको जानकारी रुरु क्षेत्र गाउँ पालिकाले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ। रुरु गाउँ पालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने पुल क्याम्प , च्युरेक , रिडि बजार , बिष्णु पंजर , मकवादी , रातामाटा र रिडि खर्ज्याङको मोटर बाटो अन्तर्गत रिडि देखि सात मुरे सम्मको क्षेत्र पूर्णरूपमा शिल गरिएको जानकारी रुरु क्षेत्र गाउँ पालिकाले दिएको छ। शिल अवधी भर वडा नम्बर एकमा पर्ने बैंक तथा बित्तीय संस्था , शैक्षिक संस्था , सहकारी , निजि तथा सरकारी कार्यलय बन्द रहने छन् । अत्यावश्यक सेवाका पसल बाहेक अन्य पसल संचालन गर्न र अनावश्यक रुपमा हिडडुल गर्न समेत निषेध गरिएको छ।
Discussion about this post