कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

12
SHARES
102
VIEWS

असोज -११, स्याङ्जाको कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई पैंतालीस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ। सत्यवती गाउँपालिका चेहेमी निवासी मृगौला पिडित यमकला सिंजालीको उपचारको लागी आज रु ४५,००० प्रदान गरिएको हो । वैदेशिक रोजगारीको शिलशिलामा देश भन्दा बाहिर रहनु भएका कालीगण्डकी गाउँपालिका वडा नम्बर दुई का तीन जनाले उक्त रकम प्रदान गरेका थिए। जित बहादुर सिंजाली द्वारा रु ३५,००० , रन बहादुर राना द्वारा रु ५, ००० र जगत राना द्वरा रु ५,००० गरि जम्मा रु ४५,००० प्रदान गरिएको हो । कालीगण्डकी गाउँ पालिका वडा नम्बर दुई मा अवस्थित श्री कोटाकोट मगर समाजको पहलमा हल सम्म रु एक लाख अठसठ्ठी हजार पाँच सय पाँच रुपैयाँ मृगौला पिडितको उपचारको लागि प्रदान गरिएको जानकारी समाजका सचिव एक रानाले दिनु भयो। सहयोग गर्न चाहने सहयोगी मन हरुले शुभाखर सिंजालीको NMB( भैरहवा) बैंकको खाता नम्बर 0780127588700014 मा रकम पठाउन सकिने छ। साथै मोबाइल नम्बर 9843363678, 9841114950 मा सम्पर्क गर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार