चुरामणी तिमिल्सिना असोज-१३, गुल्मी श्रृङ्गाकि लक्ष्मी कंडेल केही वर्ष देखि कृषि पेशामा रमाउदै आउनुभएको छ। आफुले कृषि सम्बन्धि कुनै तालिम प्राप्त हासिल नगरे पनि परम्परागत कृषि बाटै मासिक रुपमा मनग्य आम्दानी लिदै आएको कंडेलले बताउनु भयो । उहाँले मौसमि तथा बेमौसमी तरकारी लागयत विभिन्न खाद्यबालि हरु समेत उत्पादन गर्दै आउनु भएको छ । कृषक कंडेलले विशेषगरि बन्दा , काउली , अकबरी खुर्सानी, सिम्ला , हरिया साग सब्जी , करेला तथा काक्राको उत्पादन गर्दै आउनु भएको बताउनु भयो। साथै कागती र बेमौसमी मकै बाट पनि राम्रो आम्दानी लिदै आउनु भएको छ। एक सिजनमा मात्रै टमाटर मकै, काक्रा, सिमि, बोडि ,खुर्सानी इस्कुस तथा राम भेडा र अमिलो बाट करिव २लाख ५० हजारको कारोबार भएको उनका श्रीमान् पशुपति कंडेलले बताउनुभयो ।
लक्ष्मीले दैनिक २ घण्टा मात्र आफ्नो टनेलमा काम गर्ने र अन्य समय घरको काममा बिताउने लक्ष्मीका श्रीमानले बताउनु भयो। आफुले पनि श्रीमतीको काममा सघाउदै आएको पशुपतिले बताउनु भयो । आफुहरुले उत्पादन गरेको कृषि जन्य सामाग्री पैचो पसलले उचित मुल्यमा लैजाने गरेको लक्ष्मीको भनाइ रहेको छ । लक्ष्मी परिवारमा १ छोरा १ छोरी सासू ससुरा र श्रीमान संगै हुनु हुन्छ। उहाँलाई घरको काममा सबैले सक्दो सहयोग समेत गर्दै आएका छन ।आफू यस पेशाले आत्म निर्भर मात्र नभई बैंक खातामा केही रकम समेत जम्मा गर्दै आएको कंडेल दम्पतिको भनाइ छ । लक्ष्मीले आफ्ना घरमा २ वटा भैंसी समेत पाल्दै आउनु भएको र वार्षिक रुपमा दूध तथा घिउबाट पनि आम्दानी लिन सफल भएको बताइन् । गाउँ पालिकाले आफुहरुलाइ थप सहयोग गरेमा अझै कृषि प्रती आकर्षित हुने, सङ्ख्या बढ्ने बताउनु भयो। श्रीमानको कमाइमा मात्र निर्भर नभई महिलाले पनि आर्थिक उपार्जन गर्न सकिने सन्देश लक्ष्मी कंडेलले दिनु भएको छ।
Discussion about this post