असोज -१४ , स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा छैठौं सुरक्षित गर्भपतन दिवसको अवसरमा किशोरीहरुको प्रजनन स्वास्थ्य , सुरक्षित गर्भपतन र रक्त अल्पता बारे अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। श्री कृष्ण गण्डकी स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा नम्बर ७ उक्त कार्यक्रम सम्पन्न भएको कालीगण्डकी गाउँ पालिकाका स्वास्थ्य शाखाका जन-स्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। रक्त अल्पत्ता किशोरी हरुका लागि प्रमुख स्वास्थ्य चुनौती भएको भन्दै यस बारेमा जानकारी दिदै आइरन चक्की समेत वितरण गरिएको जन स्वास्थ्य स्वास्थ्य निरीक्षक थापाले बताउनु भयो। कार्यक्रममा ४० भन्दा बढी किशोरीहरुको सहभागिता रहेको थियो। कोभिड- ९ को कारण ठूलो सङ्ख्यामा किशोरीहरुलाइ भेला पार्न नसकिएको थापाले बताउनु भयो। कालीगण्डकी गाउँ पालिकाका वडा नम्बर ५ , ६ र ७ का अन्य नौ सय भन्दा बढी किशोरीहरुलाइ श्री कृष्ण गण्डकी स्वास्थ्य चौकीले क्रमशः आइरन चक्की वितरण गर्ने समेत थापाले बताउनु भयो। करिव ४ प्रतिशत किशोरीहरुमा रक्त अल्पताको समस्या हुने गरेको र यस्को असर दीर्घकालीन रुपमा हुने भएकोले यस्तो कार्यक्रम ल्याइएको थापाले बताए । उक्त कार्यक्रममा कालीगण्डकी गाउँ पालिकाकी उपाध्यक्ष सावित्रा कोइराला , कालीगण्डकी गाउँ पालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली , वडा नम्बर ७ का अध्यक्ष मुक्ती प्रसाद भट्टराई , जन-स्वास्थ्य निर्देशक खड्क बहदुर थापा लगायत स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो।
Discussion about this post