अर्घाखाँचीको बलकोटमा प्रहरी द्वारा गाजा फडानी

12
SHARES
97
VIEWS

चुरामणी तिमिल्सिना

असोज-१४, अर्घाखाँचीको छत्रदेब गाउँपालिकामा रहेको प्रहरी चौकी बलकोटले हिन्दु नेपालिहरुको महान् चाड बडा दसै नजिकिदै गर्दा ग्रामीण भेगमा आफै उम्रिएका तथा लगाइएका गाजा फडानि गरिएको प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भेष राज सुबेदिले जानकारी दिनुभयो । गाउँका कुना-कुनामा पुगेर स्थानिय युवा , बिद्यार्थी सहित जनप्रतिनिधी लगायतको सहभागीतामा ठूलो मात्रमा गाजा फडानी गर्न सफल भएको प्रहरी निरीक्षक सुबेदिले बताउनुभयो । फडानी संगै कोरना भाइरस ग्रामीण भेगमा नफैलियोस भनेर सचेतना जगाउने , अबैध घरेलु मदिरा उत्पादनमा रोक लगाउने, टोल छर-छिमेक सरसफाइ गर्ने , घर बाट बाहिर निस्किदा अनिवार्य माक्सको प्रयोग गर्ने तथा चोरी आतंकबाट बच्न समेत आग्रह गरिएको थियो। चौकिले यस्ता सामाजिक कार्यक्रम र जनचेतना जगाउने कार्यक्रमलाई सातामा १ पटक स्थानिय निकाय संग सहकार्य गरेर गर्ने प्रहरी चौकीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार