रिडिका कोरोना संक्रमित लाई आयुर्वेदिक औषधि वितरण

21
SHARES
174
VIEWS

चुरामणी तिमिल्सिना

असोज -१५, गुल्मिमा राष्ट्रिय युवा संघ नेपाल गुल्मी, रमदन भण्डारी स्पोर्ट्स एकेडेमी र अखिल नेपाल महिला संघ गुल्मी रुरुको संयुक्त आयोजनमा युवा समाजसेवी हिमाल श्रेष्ठको विशेष सक्रियतामा आयुर्वेदिक औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ। रुरु क्षेत्रमा कोरोना पोजेटिभ भएका गुल्मी र पाल्पा कुसेनि पुल्क मुखका १८ घर परिवारका ३९ जनालाइ आयुर्वेदिक जडीबुटि, गुर्जो , बेशार, ज्वानो , साबुन, माक्स हस्तान्तरण गर्दै उच्च मनोबल बढाउने प्रशिक्षण दिइएको हो। केही दिन यता पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ कि ४२ बर्षकि महिलाको कोरनाको कारण मृत्यु भएको थियो। मृत आत्माको चिर शान्तिको कामना गर्दै उनकै निवासमा पुगेर १ मिनेट मौन धारण समेत गरिएको हिमाल श्रेष्ठले जनकारी दिनुभयो । सामाग्री बितरण कार्यक्रमा स्थानीय जनप्रतिनिधि , सामाज सेबि , महिला समूह, युवा सामाजिक अभियान्ताहरु , विभिन्न संघ सस्थाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार