मीन थापा
असोज -१७ गत असार ३० गते कालीगण्डकी गाउँपालिका वडा नम्बर . -४, बिर्घा लाकुरथोक खहरेमा अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका मृतक तथा बिस्थापित परिवारलाई मन्त्री अर्यालले आर्थिक सहयोग गर्नुभएको छ।
पहिरोमा परि तत्कालिन गाउँसभा बिर्घाका अध्यक्ष इमान सिंह राना , क्याप्टेन गिमान सिंह थापा , नेपाल आर्मी सेवा निवृत टिका बहादुर थापा र प्रेम प्रसाद पाण्डेयले ज्यान गुमाएका थिए। आज एक कार्यक्रमका बिच मन्त्री अर्यालले पीडित परिवारलाई सहयोगको रूपमा मृतक परिवारलाई २० हजार र विस्थापित परिवारलाई १५ हजार सहयोग गर्नुभएको बिर्घाबाट दर्शन राना मगरले बताउनुभयो।
मन्त्री अर्यालले सुर्यज्योति आधारभूत विद्यालयमा उपस्थिति जनाउनुभई मृतक परिवारलाई राहत रकम प्रदान गर्नु भएको हो। मृतक परिवार चार र विस्थापित परिवार संख्या पनि चार गरेर कुल आठ घर परिवारलाई मन्त्री अर्यालले सहयोग गर्नुभएको हो।
राहत हस्तान्तरण कार्यक्रममा मन्त्री पद्मा अर्याल , गण्डकी प्रदेश सभासद मिन प्रसाद गुरुङ , जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास तथा कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा , मन्त्री अर्यालकी स्वकिय सचिव बुद्ध घर्ती तथा कालीगण्डकी गाउँपालिका उपप्रमुख साबित्रा कोइरालाको उपस्थिति रहेको थियोे।
यसैबिच स्थानीय बुद्धिजीवी तथा समाजसेवीको समेत राहत हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियोे।
मृतक परिवारलाई स्थानीय सरकारको तर्फबाट रु ३०,०००/- तीस हजार रुपैयाँ , गण्डकी प्रदेश सरकारको तर्फबाट रु
५०, ०००/- पचास हजार र मन्त्री अर्यालको पहलमा संघीय सरकारको तर्फबाट रु १,००,०००/- एक लाख रुपैयाँ तथा बन्दोबस्तीका सामानहरू गत असारमा नै हस्तान्तरण गरिएको थियोे ।
कालीगण्डकी गाउँपालिकाले विस्थापित परिवारहरूलाई नयाँ आवास निर्माणका लागि रु २,५०,०००/- दुई लाख पचास हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनु भएको छ।
Discussion about this post