चिरञ्जीवी ज्ञवाली
असोज – १८, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा रहेको सप्तचण्डी आमा समूह राहतको पोको बोकेर असाहयको घरमा पुगेको छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर एकका स्थानीय बासी नरबबादुर बिकको चार दिन अघि ५१ बर्ष उमेरमा असामहिक निधन भएको र आर्थिक रुपमा समस्या भएको हुदाँ आज रिडीको सप्तचण्डी महिला समूह राहत बोकेर उहाँहरुको आँगनिमा पुगेको हो ।
सप्तचण्डी महिला समूहले रुरुक्षेत्र आसपासमा लामो समयदेखी विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ भने,यस अघि पनि असाहय हरुलाइ सहयोग गर्दै आइरहेको छ ।
यसैक्रममा आज यो समूह सहयोग बोकेर नरबहादुर बिकको घरमा पुगेको समुहकी अध्यक्ष धना रानाले जनाउनु भयो । अध्यक्ष रानाका अनुसार आफ्नै वडामा घटना घटेको र निजको आर्थिक अवस्था पनि निकै कमजोर रहेको एवं सहयोग गर्ने परिवारका सदस्य पनि कोहि नभएकोले आफ्नो समुहले सहयोग गरेको बताउनु भयो । उक्त परिवारले दैनिक ज्याला मजदुरी गरि दैनिक गुजारा चलाउदै आएको थियो । समुहकी उपाध्यक्ष तुल्सी गुरुङ विशेष कारण बस आफू जान नसके पनि सहयोग गरेको बताउनु भयो ।
राहत बोकेर सप्तरी महिला समूहकि सचिव मिना श्रेष्ठ , सह सचिव कमला भण्डारी ,सदस्य हरु ,राधिका थापा,सुचना गाहा,हरिकला गुरुङ्ग,राजु श्रेष्ठ ,बिष्णु पुन,बिना श्रेष्ठ सल्लाह कार रामकुमारी गरम्जा ,हुम कला भण्डारी सामाजिक ब्यक्तित्व युवा पत्रकार चिरञ्जीवी ज्ञवाली लगाएत आँगन मा पुग्नु भएको थियो ।
समुहले घरमा पुगि उहाँ हरुलाइ सान्त्वना दिनुको साथै मृतक को नाममा एक मिनेट मौन धारण समेत गरेको थियो । यसरी समुहले राहत मा दैनिक उपभोग्य सामान हरुचामल,दाल,आलु,चिनी ,नुन ,मिस्री,तेल, सहित को समग्री उपलब्ध गराएको थियो ।
साथै समुहले यसै टोलका छ वटा घर परिवर लाई पनि सामग्री उपलब्ध गराएको छ ।
Discussion about this post