हातेमालो टोल विकास संस्था द्वारा रम्भाका पहिरो पीडितलाई राहत रकम प्रदान गरिने

13
SHARES
105
VIEWS

असोज-१८, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित हातेमालो टोल विकास संस्थाले रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङ्गकोटका पहिरो पीडित परिवारलाई राहत रकम प्रदान गर्ने भएको छ। हातेमालो टोलमा बसोबास गर्दै आउनु भएका स्थानीयबाट स्वस्फूर्त रुपमा संकलित रकम रु ३२,२७० पहिरो पीडितलाई प्रदान गरिने संस्थाका अध्यक्ष विजय प्रकाश आलेले बताउनु भयो। प्राकृतिक बिपत्तिमा परेका रम्भाका पहिरो पीडित परिवारलाई टोल विकास संस्थाले प्रदान गर्ने रकमले थोरै भए पनि राहत पुग्ने अध्यक्ष आलेले बताउनु भयो। आफ्नै जिल्लामा यसरी प्राकृतिक बिपत्ति आइपरेकोबेलाम संस्थाले सहयोग गर्नु पर्ने महशुस गर्दै उक्त रकम संकलन गरिएको अध्यक्ष आलेले बताउनु भयो। सहयोगको लागि चलाइएको अभियानमा साथ दिने सवै हातेमालो टोल निवासी सम्पूर्ण बासिन्दाहरुप्रति आभार समेत व्यक्त गर्नु भयो। संकलित रकम सोमबार हस्तान्तरण गर्ने संस्थाको तयारी रहेको छ। गत असोज ८ गते गएको पहिरोमा परि एक जना गर्भवती महिला सहित पाँच जनाले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार