असोज -१९, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का विस्थापित पाँच घर परिवारलाई आवास निर्माणकोलागी गाउँ पालिकाले रु २, ५०,००० प्रदान गर्ने भएको छ। यस वर्षको अविरल वर्षाको कारण पहिरो तथा अन्य मनसुन जन्य प्राकृतिक बिपत्तिका कारण पाँच वटा घर पूर्णरुपमा क्षति भएका छन् । वस्नै नमिल्ने गरि घरमा क्षति पुगेकोले गाउँपालिकाले यस अघि गाउँपालिकाले घोषणा गरे बमोजिमको रकम प्रदान गर्ने तयारी रहेको वडा नम्बर ३ का वडा सचीव दिलिप बिश्वकर्माले बताउनुभयो। आइतबार गरिएको पुनः अनुगमन पश्चात् गाउँपालिकाले क्षति पुगेका घरहरुलाई पूर्णरूपमा भत्काएर नयाँ घर बनाउने शर्तमा रकम दिने सिफारिस गरिएको वडा सचीव बिश्वकर्माले बताउनुभयो। विस्थापित हुनेहरु भिम बहादुर थापा वरेक , चोक बहादुर थापा देउराली , यम बहादुर थापा लम्बेक , कुल बहादुर बिक वडार छाप र उदय बहादुर सार्की सुन्धौली टोलका रहेका छन् । विस्थापित हरु मध्ये लम्बेकका यम बहादुर थापा छिमेकी बल बहादुरको घरमा वस्दै आउनु भएको छ भने अन्य विस्थापित जोखिम मोलेरै भए पनि सोही घरमै बस्दै आएका छन् । विस्थापित सवै कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का रहेका छन् ।
Discussion about this post